गगन मेरो लागि मेस्सी जस्तै हो !

दुई शब्द

सांसद भएपछि गगनलाई चिनाउने भिडियो तल छ । गगनलाई राम्ररी चिन्नु हुन्न भने वा पत्रपत्रिका हावा कुराले भ्रमित हुनुन्छ भने यो भिडियोहरु हेर्न अत्यावासक छ ! 

470546_10150856366148388_760357814_o यो क्याप्सन जुन् २०१२ मा मैले फेसबुकमा पोस्ट गरेको थिएँ ! कस्ले खिचेको फोटो हो, नसोधी लेखें माफ गर्नु होला !

…पोखरामा कांग्रेसको महाअधिवेसन थियो, हामी धेरै साथीहरु त्यहाँ गएका थियौ । उदेश्य पोखरा घुम्नु पो थियो । अरु राजनीतिमा चाख भएका सथिहरु पनि थिए । अधिबेसन हुने भैनिएको सभागृह मै खानाको पनि व्यवस्था रहेछ, यसो घुम्न पनि हुन्छ जाउँ न त भनेर हामी उतै गयौ । त्यहाँ हो मैले गगनको बारे सुनेको । गगनलाई त्यहाँ कडी कसाउ छ रे, के के भन्ने हामीले सुनिरहेका थियौ । खान खाएर भब्य परिसरमा हामि थियौ । एउटा टोपी लगाएको मान्छे माइक लिएर त्यहाँ केहि बोल्न थाल्यो, सबै त्यतै जम्मा हुन थाले, म पनि गएँ, उ गगन रहेछ । तर त्यत्तिकैमा…

View original post 1,328 more words

Advertisements

गगन मेरो लागि मेस्सी जस्तै हो !

सांसद भएपछि गगनलाई चिनाउने भिडियो तल छ । गगनलाई राम्ररी चिन्नु हुन्न भने वा पत्रपत्रिका हावा कुराले भ्रमित हुनुन्छ भने यो भिडियोहरु हेर्न अत्यावासक छ ! 

470546_10150856366148388_760357814_o

यो क्याप्सन जुन् २०१२ मा मैले फेसबुकमा पोस्ट गरेको थिएँ ! कस्ले खिचेको फोटो हो, नसोधी लेखें माफ गर्नु होला !

…पोखरामा कांग्रेसको महाअधिवेसन थियो, हामी धेरै साथीहरु त्यहाँ गएका थियौ । उदेश्य पोखरा घुम्नु पो थियो । अरु राजनीतिमा चाख भएका सथिहरु पनि थिए । अधिबेसन हुने भैनिएको सभागृह मै खानाको पनि व्यवस्था रहेछ, यसो घुम्न पनि हुन्छ जाउँ न त भनेर हामी उतै गयौ । त्यहाँ हो मैले गगनको बारे सुनेको । गगनलाई त्यहाँ कडी कसाउ छ रे, के के भन्ने हामीले सुनिरहेका थियौ । खान खाएर भब्य परिसरमा हामि थियौ । एउटा टोपी लगाएको मान्छे माइक लिएर त्यहाँ केहि बोल्न थाल्यो, सबै त्यतै जम्मा हुन थाले, म पनि गएँ, उ गगन रहेछ । तर त्यत्तिकैमा माथी राखेको माइकको तार काट्न एउटाखतरादेखिने मान्छे छतमा चड्यो । उस्ले माइकको तार काट्यो । तल भएका अरु मान्छेसंग त्यस्को भना भन हुन थाल्यो र चर्का चर्की भयो । त्यो मान्छेले छेउमा रहेको ठुलो ढुंगा गगनको ठिक माथीबाट छोड्यो, थोरैले त्यो ढुंगाले गगनको टाउकोमा बज्रेन । ढुंगा जमिनमा खसेर चोइटियो । २/३ जनाले हत्त न पत्त गगनलाई छोपे र त्यहाँबाट बाहिर लागे । सभाहालको सिसा झुरुम झुरुम फुट्यो, तुरुन्तै तनाब बढ्यो, पुलिसहरु सक्रिय भए, अधिवेसनको अवसान भयो ।

.

.

गगन प्रति मेरो लघाव सान्तवनाबाट सुरु भयो । त्यस पछि गगन राजाको मान्छे हो, गगनले राजा बिरुद्ध नारा लगायो, गगनलाई गिरिजाले मन पराउँदैनन् भन्ने समाचारहरु आई रहंदा उ प्रति संका उपसंका भै नै रहन्थ्यो । एक दिन एक कर्यक्रममा गगनलाई सुन्ने र देख्ने अवसर प्राप्त भयो । त्यस दिन देखि म गगनकोफ्यानभएँ । गगनले आसिन पसिन भएर भासन गरे र मैले त्यत्तिको दमदार भासन कहिले सुनेको थिएन ।केहि पहिले गिरजाको महान भनिने गिरजाको भासन सुनेरसकभएको थिएँ । मलाइ सङ्गठनको खास वास्ता हुँदैन तर व्यक्तिको हुन्छ । ब्राजिलमा रोनाल्डो हुँदा ब्राजिल समर्थ, मेड्रिड समर्थ, मेस्सी भएर बार्सा समर्थक अर्जेन्टिना समर्थक !! गगन मेरो लागि मेस्सी र रोनाल्डो जस्तै हो ! गगनले पार्टी फेरे कांग्रेस मेरो लागि भुस बराबर हुन्छ !

.

.

गगनमा मैले देसको मुहार फेर्न सक्ने हिम्मत भएको युवा देखे । गगनमा मैले आफ्नै भबिस्व देखे, मुलुकको भबिस्व देखे । नेताहरुको खेडेरी परेको बेला, अविस्वास, घुसखोरी, गैर जिम्मेवारी मौलाएको बेला मैले गगनमा सहस देखे । मलाई थाहा छ यो एक व्यक्तिको पछि लाग्नु धेरै घातक हुन्छ । त्यो व्यक्तिले राम्रो गर्न सकेन भने ? त्यो व्यक्ति नराम्रो निस्कियो भने ? त्यो व्यक्तिले झुक्कएको हो भने ? एक व्यक्तिले मुलुक परिवर्तन हुँदैन, एक व्यक्तिले प्रयास गर्छ अनि त्यस पछि केहि व्यक्तिले सहारा भए फेरी सफलतामा अघि चाहिं बढीन्छ । गगन त म धेरै एक्लो देख्थे । गगन बाहेक मैले धेरै समय कुनै प्रभाभित गर्ने मान्छे देखिन।

.

.

तर त्यस पछि मैले योगेश्वर भट्टराईलाई चिने, एमालेमा मन्त्रि भएकाअर्का गोकर्ण बिस्ट, लालबाबु पण्डित, मावोवादीबाट अर्थ मन्त्रि भएका बाबुराम भट्टराईले एक जनाले के गर्न सक्छ र के गर्न सक्दैन प्रस्ट पारे । यिनिनारु सबैले केही न केही प्रभाब छोडे । त्यसैले गगनमा मात्र भबिस्व देख्न म मजबुर चाहिं छैन । यहाँ धेरै खेलाडी छन् जस्मा म आफ्नो आसा राख्न सक्छु तर म मेस्सीले मैदान न छोडुन्जेल म अर्जेन्टिनाको समर्थन नै गर्छु!

.

.

मैले गगन सम्बन्धी समाचार खोजि खोजि पढ्छु । इन्टरनेटमा भएका उन्का भाषण/बहस मैले नसुनेको सायदै कुनै होला । यस क्रममा मैले गगनका विचारहरु परिवर्तन भएको देखेको छु । राजनीतिक सोच परिवर्तन भएको देखेको छु । पहिले भन्दा धेरै स्पस्ट तर सरल भएको पाएको छु । केही आफ्नै राजनीतिक अडानमा तरल भएको पाएको छु । गगन दिन प्रतिदिन परिपक्क राजिनीतिग्य भएको देखेको छु । गगनसंग धेरै आसा गर्नेहरु गगन संसद भए पछि के के नै भै हाल्छ होला भन्ने सोचेका थिए । मैले पनि गरेको थिएँ । तर संसद भए पछि गगनका स्वरहरु दबे, उनि निरिह बन्दै गए । उन्को समाचार, बहसहरुमा कम्प्लेन मात्र सुनिन्थ्यो । त्यसैले धेरैले उनलाई आफु भन्दा फरक देखेनन् ।किन गगन गगन भन्ने त ? यसले के गर्यो तभन्ने मात्र भए ।

.

.

संविधान बनाउन संसद भएर छिरेका गगन ६०१ संसद बिच हराए । पहिले माइकमा उत्त्जेक भाषण गर्ने गगनसंग अब भासन मात्र गरेर नपुग्ने चुनौती थियो । गगनले काम गर्नु पर्ने थियो । गगनले संसद भएर संविधान लेख्ने काममा निकै अग्रसर भएर काम त गरे तर अरु धेरै संसदहरुले संविधानलेखेको जस नपाए जस्तै गगनले पनि जस पाएनन । संसद नै बदनामहरुको संज्ञाको रुप मा चिनियो । त्यै बदनामी बिल्ला भिरेर धेरै बर्स गगन संसद भए । उन्ले आफूलगायत धेरै संसदको रक्षार्थ अन्तरवार्ता त दिन्थे तर त्यसले बदनामसंसदको अघि कुनै औचित्य राख्दैन थियो । त्यसमाथी गगनको घैंटे प्रतिक्रिया धेरै उदासिन भए । चरी मर्दा पनि विधिको सासनको महत्व राम्ररी बुझेका गगनले घैंटे मर्दा अझ सही बाटो समातेका मात्र हुन् । नत्र आफ्नै पार्टीका सभापती, देशको राजा सम्मसंग नडराऊने गगनलाई कुनै कारण मरेकोघैंटेको समर्थ गर्ने प्रेसर परेको भन्नु मानहानीमात्र हुन्छ। त्यो परिपक्क गगनको evolution हो ।

.

.

गगनले संसद भएर काम गर्दा धेरै सिके । पहिला त उनि संविधान र त्यसका बुझाईमा पारंगत भए । उन्को भासनहरुमा पहिले कहिले नसुने विकासका कार्यक्रम, भिजनहरु आउन थाल्यो । संसदमा काम गरेर सकी सक्दा गगनका भासनहरु नै काया पलट भएको छ । सैधान्तिक बहस र भासन गर्ने गगनमा सिद्धान्त धेरै थोरै र विकासका कार्यक्रमहरु कसरि अगाडी बढाउने, के के गर्न सकिन्छ, मुख्य समस्या के हुन्र कसरी हल गर्ने भन्ने धेरै हुन्छ । सिद्धान्त यस कारण कम छ कि उनले आफ्ना सिद्धान्तहरु जिउन थाली सके । विकासका कार्यक्रमहरुको बारे यति स्पस्ट भएका छन् गगन कि अब त झन् उसलाई सहयोग नगरी उसमा आसा नगरी हुँदै हुँदैन । डा. अमृत नकर्मी र केदार भक्त माथेमासंग बसेर गरेको बहसको कार्यक्रम हेर्यो भने गगनको मेहनत र लगाब स्पस्ट हुन्छ । र त्यस बाबजुद उन्का भासनहरुमा उच्च कोटीको अकाट्यफिलोसोफीहुन्छ । संसद भवन गगनको स्कूल साबित भयो । संसद भएर छिरेको गगन र मन्त्रि भएर निस्केको गगन एकै होइन । अहिले उन्ले राजनितीमा स्नातक गरेको भन्न मिल्छ र उन्को डिग्रीको बलमा यो मन्त्रि पद पाएका हुन् । तर यो गगनमा परिवर्तन न आएको भए सम्भब पनि थिएन । उन्ले आफ्नो राजनीतिक जीवनको धेरै समय गुट उपगुटलाई हेर्ने सैली पछिल्लो अधीवेसनमा परिवर्तन गरे । गुट उप गुटलाई सहजरुपमा लिनु पर्ने तर त्यसैलाई आफ्नो पद टिकाउने साधन बनाउन नहुने भन्दै उन्ले आफ्नै पार्टी भित्र नयाँ गुट सहित धावा बोले । कांग्रेस त्यो घटना पछि हल्लिएको छ र त्यो नेपालका समस्त पार्टीहरुको लागि चुनौती पनि हो ।

.

.

गगन आफैले आफ्नो भर्यांग बनाएर यहाँ सम्म आई पुगेका हुन् । आफ्नो पार्टीसंग अनेकै कुराहरुमा जुध्दै, स्पस्ट सहमती र बिमती राख्दै सही राजनितीक अभ्यास गर्दै आएका गगन एक जनाले सम्पूर्ण पार्टीहरुमा कति प्रभाव पारे त्यो छुट्टै बिषय हो। तर आफ्नै बल बुतामा दसकौको युवा निषेध गर्ने पार्टीहरूको राजनीतिक अभ्यास बाबजुत गगन मन्त्रि भएका छन् । यो उन्को लागी world cup वा asia cup “qualification round” मात्रै हो । यहाँ उनि कप्तान त होइनन तर आफ्नो जिम्मेवारी पुरा गर्ने र पुरै टोलीलाई हौसाउने काम गगन कै काँधमा छ । उन्को अवस्था २००४ को युरो कपमा क्रिसटियानो रोनाल्डोले पोर्चुगलको लागि खेलेको भूमिकासंग दाँझन मिल्छ । केही राम्रै खेल्ने हस्तीहरु छेउ छाउ भए पनि जिम्मेवारी उन्ले नै महसुस गर्नु पर्ने हुन्छ । मन्त्रि भय पछि दिलभुसणलाई दिएको उन्को पहिलो अन्तर्वार्तामा र इमेज सम्बदको अर्को अन्तर्वार्तामा गगनले स्वास्थ्यमा विकास सम्बन्धि पेस गरेको स्पष्टताले उनिराजनीतिक स्कूलमासंसद भएर बस्दा यसो त्यसो भन्नेहरुको मुख ल्याप्पै टालिएको छ । उन्को सपना पुर्व प्रम ओलीको जस्तो मौसमी, हलुका र उडन्ते छैन, ओज ब्यबहारिक र मिती तोकेर आएको छ । उनि सफल भएको हेर्ने चाहना उन्को मात्र होइन, मेरो, म जस्तै धेरै को, र सम्पूर्ण असावादी युवाहरुको हो । उनि असफल हुनु भनेको एक पुस्ताको भरोसा टुट्नु हो, धेरै सपना र आसाको अवसान हुनु हो ।

मानिसहरु गगनले अझै प्रमाण पेस गर्नु पर्ने वा सफल हुन्छ कि हुन्न हेर्नु पर्ने तर्क राख्छन्त तर उन्को संघर्सको कथा नै उन्को प्रमाण हो ! उनी सफल मन्त्रि हुन्छन् त्यसमा त कुनै संका नै छैन र त्यो गगन जस्तो नेताको लागि स्वभाभिक अपेक्षा हो। सवाल त उन्ले राजनीतिक वृतमा कति परिवर्तन गर्न सफल हुन्छन्, नेता, कर्मचारि, युवाहरुलई विकासको बाटोमा लाग्न कति प्रेरित गर्छन, संविधान लागु गर्न र अभ्यास गर्न राजनीतक रुपमा कति प्रभाबकारी हुन्छन् भन्ने हो। आफु मात्र सफल भएर परिवर्तन नहुने दृस्टान्त त अघिल्ला केही सफल नेताहरुले दिई सके। सबल गगन हामीले अपेक्षा गरेको “राजनेता”को गुण छ कि छैन भन्ने हो। मन्त्रि भएको ४० दिन भित्र डा. के सी का जटिल तर जायज र स्वाभिमानी मागहरु सम्बोधन गर्न उन्ले गरेको तदारुकताले राम्रो छनक त दिन्छ तर गगन खोरो भै उत्रन्छन् कि उत्रन्न्न समयले देखाउने छ !

.

.

****** युवा नेता गगनलाई मैले किन यति ठुलो स्थान  दिएको होला  भन्ने थाहा पाउन  गगनका यी अनेक क्षेत्रमा बुझाईहरु तल  दियिएको भिडियो  हेर्नुहोला ********** 

हिरा खोज्ने धुनमा

"एउटा मान्छेको कथा जो कहिले थाकेको पनि छैन, हरेको पनि छैन"

हिरा खोज्ने धुनमा म,

सारा जीवन बिताएको मान्छे,

हारै हार भो जीन्दगी भर, कस्तो व्यंग्य,

हारले नै जित सिकाएको मान्छे,

पछारिएर कुना कोप्चा -अफ्टेरोमा,

लतारिएर बिना चैन अनेक कप्टेरोमा,

न रात, न दिन, न खाने बेला,

न बैंस, न रुप, न कैले सौख पलें होला,

बस लतारिनु र पछारिनु,

आजै पाइन्छ कि त झैँ हतारिनु,

हिजोको खाल्टो भित्र छिर्नु कि,

आज नयाँ खाल्टो खन्नु ?

कि कति खाल्टा भए छन्,

आजको दिन यसै गन्नु ?

खाल्तै खाल्टा परि सकेका छन्,

एक तमास हेर्छु, सुस्ताउँछु,

डिलमा बसेर मुस्काउछु,

अनि आफ्नै गित गाउँछु,

“बैंस त गयो बरै हिरा खोज्ने धुनमा,

कोही पाए हुन्थ्यो रख्नी थिएँ मुनमा,”

मन आहत हुन्छ,

सबै गुमाएको, केहि नपाएकोमा,

एक्कासी कालो हुन्छ मन-संसार,

छोपौला झैँ गर्छ, चिन्ता निराकार,

तर भन्छु,

“यी जित्लास,

आज फेरी अर्को खाल्टो खान्छु,

ठुलो र भयङ्कर,”

कोदालीले चट चट माटो काट्छ,

खन्तीले ढुंगा उप्काउन्छ,

म आनन्दित् हुन्छु,

यो पालि पक्कै हिरा पाईनछ !

epa02811319-0909-nepalese-laborer-rishi-dev-yadav-aged-28-smokes-after-frypy8

यहाँ सुन्नुस् !

‘धोती’ मनोविज्ञान !

परिक्षकले तालिमको सिलसिलामा दुईवटा सामान्य कुराहरुको परिकल्पना गर्न भने र सबैको उत्तर सुन्दै चित्र कोर्न थाले- एउटा इन्डियनको र अर्को डाक्टरको। सबैको कल्पनामा एउटा कुराको एकरुकता थियो, कल्पनाको डाक्टरको लिंग पुरुस र इन्डियनले धोति लगाएको र बाकस बोकेको बन्यो ! अनि उन्ले व्यंगात्मक प्रश्न गरे, “खोइ त अमिताब बच्चन र सहारुख खान ? खोई महिला इन्डियन वा महिला डाक्टर ?” हामी गलल्ल हाँस्यौं। अमिताब बच्चन त टिभीमा पो ! गल्लामा बस्ने मोहम्मद सफी पो इन्डियन! सहारुख खान, टाटा, बिरला, बिपासा, दिपिका, मेरी कोम, भाइचुंग, कल्पना चावला, अब्दुल कलाम होइन “चटपटे” पो इन्डियन! दिमाग भित्र समिर र सुधाम्सु सजिलै डाक्टर हुदै गर्दा “दृस्टी”मा अन्जना र रेणुका किन आउंदैन? के यो हामी युवा भित्र पनि जड बनेर बसेको हुन सक्ने महिला पुरुस बीचको असमान सोचको विम्ब हुन सक्छ? सतकका सतक जडेका हेरेर दङ्ग पर्ने वा रिस उठ्ने बिराट कोहलीले किन हाम्रो दिमागको भारतीयको बिम्ब परीवर्तन गर्न नसकेको होला? यो सामान्य प्रस्नको सामान्य उत्तर पक्कै पनि छैन। दुर्भाग्य मेरो बिषय  मनोविज्ञान पनि होइन।

हामीले यही असन्तुलित समाजमा सन्तुलित हुन सिकेका हौ। धेरैलाई हाम्रो समाज सामान्य लग्नु नौलो कुरा होइन, हामी सबै यही समाजका वा पारिवारिक माहौलका प्रतिबिम्ब न हौ। यहाँ प्रचलित अन्धविश्वास, दमन, सोसन साँचै अन्याय नै हो भन्ने कुरा पनि चेतनामा आउन समय लाग्छ। हामीलाई ति असामान्य कुराहरुको यति बानि परेको हुन्छ कि ति सबै सामान्य जस्तै लाग्छन्, कुनै समय कम्लरी, वादी, बहुबिवाह आदी जस्तै।  हामीले प्रयास गरेर नयाँ चिन्तनहरु चेतनामा नल्याए सम्म वा नपुर्याए सम्म यी सबै कुरा “सामान्य” नै हुन्, यी सबै “बिस्तारै” गई हाल्छ भन्ने लाग्छ। समस्या यस्तो सुसुप्त र प्रभावकारी छ कि हामीले प्रयास गर्दा गर्दै पनि धेरै ठाउँमा चुक्छौ। हामीले आफुमा गर्ने परिवर्तन भनेकै सके सम्म नचुक्ने र चुकी हाल्यो भने पनि परिवर्तनको लागि अरुको अवसर र आफ्नो चेतना खुला राख्ने हो।

एक जाना साथीले भनेको सम्झन्छु, फुटबल खेलेर लखतरान उनि बुट खोल्दै खेलको कुरा गर्दै रहेछन्। आफ्नो खुट्टा कालो न कालो मैलो देखेर फ्याट भनेछन् “कस्तो, कामीको जस्तो खुट्टा भए छ, कुकुरलाई दिए नि खान्न होला”! मर्नु भएछ, छेउमा बिक थर गरेका साथि रहेछन्। उ अझै हिनता बोध गर्छ, “मैले जनाजान अहिले सम्म भेदभाव गरेको छैन”। हामी धेरैले गर्ने भनेको नै यस्ता कुरामा विचार गर्ने, बहस गर्ने, हिनता पनि बोध गर्ने र फेरी न दोहोराउने हो ताकी नयाँ पुस्ताको सुसुप्त दिमागमा जात, लिंग, जाती, धर्म नगाडीयोस्। तर चेतमा आउनु सजिलो काम होइन। यो आफैमा क्रान्ति भन्दा कम होइन। कति सम्म भने हिंसा छोडेर मूलधारको राजनितीमा आउन सचेत हुनु मावोवादीको १२ वर्षको क्रान्ति भन्दा ठुलो क्रान्ति हो। सामान्य भन्दा सामान्य कुरा पनि त चेतमा आउन पर्छ किन कि सोच्न विचार गर्न कहाँ सजिलो हुन्छ र। सित्तै बनाईदिएका पक्कि शौचालयलाई भंडारको रुपमा प्रयोग गरेर पाईखाना चाहीं आलीमा जाने देख्नु सुन्नु भएको नै होला। चुरोट खैनी सकेको खाँदै गर्दा टमाटरको गेडाले “किड्नी” हुन्छ भनेर तर्क गरेको पनि सुन्नु भएको होला। सबै कुरामा आफुले मात्रै चिन्तन गरेर सकिदैन तर सबैले चिन्तन गर्ने थाल्ने हो भने सचेत हुन समय पनि लाग्दैन।

हाल कसैले सामाजिक संजालमा “हुँडार”( परिचय नभएको प्रयोगकर्ता) नभै कामी, डुम, लिंडे मगर भनेर हेय विचार राखेको देखिंदैन किनकी सामाजिक संजाल यो बिषयमा सचेत छ तर भारतियहरुलाइ पो भनेको हो त भनेर द्वेचरित्र राख्दै वा हाका हाकी मधेसीमुलकाहरुलाई नै लक्षित गरेर “धोती” भनेको प्रसस्तै देखिन्छ। अझ मधेस आन्दोलन ताका त सामाजिक संजाल घिनलाग्दो नै भएको थियो। विरोधमा धेरै मधिसी साथीहरुले आफ्नो नाम पछाडी धोती नै लेखे। धोतीलाई “धोती” नभने के भन्ने वा भेलेलाई “भेले” नभनेर के भन्ने भन्नु र कामीलाई “कामी” नभनेर के भन्ने ? प्रस्न एकै थरी हुन्। यी घिनलाग्दा प्रस्नहरुको कुनै स्थान हुन नपर्ने होइन ? सामाजमा “कामि”ले तल्लो घिनलाग्दो सोसित र अपहेलितजातको प्रतिनिधत्व गर्थ्यो र सचेत सामाजिक संजालमा त्यसको हेय रुप प्रयोग हुँदैन! त्यसरी नै धोती-भेले ले पनि घिनलाग्दो कालो, धोती लागाउने, सोसित र अपहेलित नेपाली वर्गको प्रतिनिधित्व गर्थ्यो, त्यो उत्तिकै निन्दनीय हुनु पर्ने होइन ? यो अपमानको सब्द भारतीय प्रति लक्षित हो भनेर छुटकारा पाउनु हुन्न किन कि यो कलंकित सब्दको जननी हामी हौँ  र कसैको नागरिकता वा परिचय नसोधी नाम, पोसाक, भाषा, बर्ण वा कामको आधारमा “धोती” प्रहार गरिन्छ ! “धोती” हाम्रो समाजमा जडमा घुसेको अराजकता हो। काम,पोसाक, नाम वा रंगको आधारमा लामो समय गरिएको अपमानको प्रतिनिधित्व हो। राम, सिता, जनक, पाण्डव, बुद्ध, अशोक, मुगलले धोती हुनु नपर्ने तर दुख गरेर जिबिकोर्पार्जन गर्ने नाई, धुनिया, चटपटेवाला धोति हुनु पर्ने। र सम्पूर्ण मधेस यो कलंकित नामको चपेटामा आउनु पर्ने। तर हामी त उही ग्रसित समाजमा हुर्के बढेको हो, सचेतना आफै मिलेर गर्ने हो, एकले अर्कालाई सचेत गराउंदै, क्षमा माग्दै, हिनता बोध गर्दै। र मधेसले सही अर्थमा हामीलाई सम्झाउनु पर्छ, हाम्रो पनि साथ लिनु पर्छ र यो सचेत हुनेको संख्या ठुलो बनाउनु पर्छ।

सचेत मान्छे त म सानै हुँदा पनि थिए तर यो स्वरफ्तार कति ढिलो, आज म यो लेख्दै छु। स्कुलमा संगैको साथीले “ओइ धोति कापाल काट्न आइज” भनेको गुरुङ सरले सुनेछन्। हामीले कसले भन्यो नाम नखुलाएर एकता प्रस्तुत गर्यौ, गुरुङसरले सबै ८ जानालाई घुंडाको छाला जाने गरि गिटीमा २ घण्टा घुंडा टेकाए। परिवर्तन फ्याट हुने चिज त होइन तर ढिलै गरेर त पहाड पनि आफै मैदान हुन्छ, मैदान पहाडमा परिवर्तन हुन्छ, तर कुरेर बस्न सकिंदैन। अपमानको घाउ धेरै दुक्छ, फेरी सामर्थ्य छ भने अपमान कसैले सही राख्दैन। त्यै मधेस वरपर चाणक्यले अपमान सहन नसकेर चन्द्र गुप्त उत्पादन गरेको कथा धेरैले टिभीमा हेरको होलान्।  बुद्धलाई पनि अनेकौ मानिसहरु टाठा बाठा ब्राह्मण क्षत्रियहरुबाट अपहेलित भएर बाँचेको स्वीकार थिएन, उनि आफै भगवान कहलाए। उनलाई के-को इन्द्र, के-को महादेव! मधेस पनि त्यस्तै हुनसक्छ, परिचय क्षणिक हुन्छ। कुनै बेला भारत थिएन, धेरै अघि नेपाल थिएन यो संसार थिएन, ब्रह्माण्ड थिएन। यो अपमानजनक गाली गलौजहरुलाई तिरस्कार गरौ, प्रयास गरौ। जात, जाती, बर्ण वा लिङ्गको आधारमा हुने तुच्छ वाकयुद्द बन्द गरौ, दण्डित गरौँ। समाज पक्कै दोषी थियो र हामीले जान आन्जान सिक्यौ होला, तर यो समाजलाई फेरी दोस लगाउने औकात हाम्रो छैन, किन कि यो समाज हाम्रो हो।